Sunday, December 6, 2015

काठमाडौं–एमाओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवामाथि भारतीय नेतासँग भएको कुराकानीका विषयमा गम्भिर प्रश्न उठाइएपनि दुवै नेताले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । नयाँ शक्ति अभियानका संयोजक डा.बाबुराम भट्टराई र एमाले सचिव प्रदीप ज्ञवालीले प्रश्न उठाएपनि पूर्वप्रधानमन्त्रीद्धय प्रचण्ड र देउवा मौन बस्दै आएका छन् । मंसिर १७ गते काठमाडौंमा भएको एक कार्यक्रममा भट्टराईले ‘भारतीय शासकवर्गलाई के आश्वासन दिइएको थियो ? संविधान जारी हुनुअघि दिल्ली जानेहरुले जवाफ दिनुपर्ने’ भन्दै प्रचण्ड र देउवामाथि हमला गरेका थिए । काठमाडौंमा भएको तराई–मधेस, आदिवासी जनजाति, थरुहट/थारुवान, लिम्बूवान, दलित तथा मुस्लिम राष्ट्रिय आन्दोलनमा नागरिक ऐक्यबद्धता सभालाई सम्बोधन गर्दै भट्टराईले प्रचण्ड र देउवाले दिल्ली गएर दिएको आश्वासन जनतालाई बताइदिन माग गरेका थिए ।



बाबुरामले देउवा र प्रचण्डको गतिविधि अदृश्य रहेको समेत दावी गरेका थिए । ‘पटक–पटक अखबारहरुमा आएको छ यहा“का नेताहरुले दिल्लीका शासकहरुलाई विभिन्न प्रकारका आश्वासन दिनुभएको थियो भनेर । त्यसो भए उहा“हरुले भन्नुप¥यो जनतालाई । जो आफूलाई राष्ट्रवादी भनिराख्नुभएको छ र हाम्रो देशभक्तिमाथि प्रश्न उठाइराख्नुभएको छ, उहा“हरुले जवाफ दिनुप¥यो । दिल्लीमा गएर उहाँहरुले के आश्वासन दिएर आउनुभएको थियो ।’ भट्टराईले भनेका थिए, ‘खासगरी संविधान जारी गर्ने अन्तिम बेलामा शेरबहादुर देउवा दिल्ली गएर के आश्वासन दिनुभएको थियो ? कमरेड प्रचण्डजीले दिल्ली गएर के आश्वासन दिनुभएको थियो भारतीय शासक वर्गलाई ? नेपाली जनतालाई बताइदिनुप¥यो । उहाँहरुको देशभक्तिमाथि प्रश्न उठेको छ हाम्रो होइन । हाम्रो जीवन खुल्ला छ, कसैलाई कुनै आश्वासन दिइएको छैन । हामीले प्रमाणित गर्नुपर्ने केही पनि छैन । सबै प्रमाणित छन् । तर अदृश्य कुराहरु उहाँहरुको छ ।’

भट्टराईले राष्ट्रियताको खोक्रा कुरा गरेर जनतालाई दुख दिनेहरुले सत्ताका लागि भारत जानेले जवाफ दिन पनि माग गरेका थिए । ‘सत्ताको निम्ति दिल्लीमा गएर, भन्न हुने/नहुने, गर्न हुने/नहुने कामहरु गर्ने अनि यहाँ आएर राष्ट्रवादका खोक्रा नारा लगाउने मानिसहरुले जवाफ दिनुपर्छ । भारतसँगको के कुराले यो अप्रीय ढंगले नाकाबन्दी भयो त्यो भन्नुप¥यो उहाँहरुले । उहाँहरुले के भन्नुभएको थियो र भारतीय शासक किन रिसायो उहाँहरुसँग ? ’ भट्टराईको भनाई थियो, ‘उहाँहरुसँगको रीसको कारणले गर्दा नेपाली जनताले दुःख पाउनुपर्ने ? तपाईं–हामीले तेल र ग्यास नपाएर भोक–भोकै हाम्रा बच्चाहरु बस्नुपर्ने ? हाम्रा छोरा–छोरीहरुका चार–चार महिनासम्म स्कुल बन्द हुनुपर्ने ? केही मान्छेका स्वार्थका कारणले गर्दा । अनि अहिले उनीहरुले नै अहिले राष्ट्रियताका खोक्रा नारा लगाएर हामीमाथि हिलो छ्याप्ने र जनतालाई भ्रम दिने ? यो कुरालाई उहाँहरुले प्रष्ट पार्नुपर्छ ।’
त्यसैबीच आइतवार एक म्यागजिनमा प्रकाशित आफ्नो अन्तर्वार्तामा एमाले सचिव ज्ञवालीले प्रचण्ड र देउवाले उनीहरुमाथि उठेको प्रश्नको जवाफ दिनुपर्ने माग गरेका छन् । ‘प्रचण्ड र शेरबहादुर देउवाले ती कुराहरु सार्वजनिक गनुपर्छ । बोल्नुभएको थियो भने पनि त्यो के थियो भनेर सार्वजनिक गर्नुपर्छ । नबोल्नुभएको भए त्यसको खण्डन गर्नुपर्छ ।’ ज्ञवालीले अन्तर्वार्तामा भनेका छन्, ‘अहिले सम्रग भारतीय जनता पार्टी त्यसलाई ब्याकअप दिने राष्ट्रिय स्वयंसेवक दल र भारतमा बढ्दै गएको हिन्दुमाथिको दक्षिणपन्थी राजनीतिक प्रभावका आधारमा भन्दा नेपालको संविधान कहीँ न कहीँ हिन्दुत्वलाई पछ्याओस र धर्मनिरपेक्षता हटाईदिओस भन्ने नै चाहन्थ्यो भनेर अनुमान गर्न सकिन्छ ।’
आफ्नो अन्तर्वार्तामा ज्ञवालीले भारत मधेश र हिन्दुको विषयमा द्धिविधामा रहेको पनि दावी गरेका छन् । ‘मधेको आन्दोलन, त्यो समुदायस“गको सांस्कृतिक निकटता र आन्दोलनका कारण हुनसक्ने सुरक्षाका प्रश्नहरु प्रकटमा देखिन्छन् । तर, दिल्लीमा आरएसएसको समूहमा भने हिन्दुत्वको सवाल पनि प्रत्यक्ष रुपमा छलफलमा आउने गरेको छ । त्यसैले दिल्ली द्धिविधामा रहेको र त्यहाँ परस्पर विरोधी विचार सोच प्रकट भएको देखिन्छ ।’ ज्ञवालीले ओली प्रधानमन्त्री भएपछि दुईपटक दिल्ली भ्रमण गरेका छन् । एकपटक उनी प्रधानमन्त्रीको विशेष दूतका रुपमा र एक पटक भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीको निमन्त्रणामा उनी दिल्ली गएका थिए ।
प्रचण्ड र देउवाले संविधानसभाको निर्वाचनपूर्व भारत सरकारको निमन्त्राणमा दिल्ली भ्रमण गरेका थिए । उक्त भ्रमणका बेला उनीहरु दुवैले हिन्दु राष्ट्रको विषयमा आफुहरु लचिलो बन्न सक्ने आश्वासन भारतीय नेताहरुलाई दिएको दावी गरिएको छ । यहि विषयमा अहिले प्रश्न उठेको हो । तर, प्रचण्ड र देउवा दुवैले यो विषयमा केही बताएका छैनन् । भारतीय संस्थापन पक्षले भित्र–भित्र नेपालको नया“ संविधानमा धर्मनिरपेक्षता शब्द हटाउन सुझाव दि“दै आएको छ । भारत भ्रमण सकेर नेपाल आएपछि उपप्रधानमन्त्री एव्म परराष्ट्रमन्त्री कमल थापाले यस विषयमा प्रधानमन्त्री ओलीलाई बिफ्रिङ गरेको स्रोतको भनाई छ । मन्त्री थापाको दिल्ली भ्रमणस“गै प्रचण्ड र देउवाको आश्वसनको विषय पुन : सतहमा आएको छ । स्रोतका अनुसार भारतीय गुप्तचर एजेन्सीहरुले मधेस आन्दोलनमा हिन्दु राज्यको माग भित्र्याउने रोडम्यापमा काम गरिरहेका छन् । मधेसवादी दलको माग सम्बोधन हुने गरि हुने गरिने संविधान संसोधनमा धर्मनिरपेक्षता शब्द हटाउन मिल्ने गरि हिन्दुवादी आन्दोलनलाई सहयोग पु¥याउन सकिने ति एजेन्सीहरुको बिफ्रिङ रहेको उच्च राजनीतिक स्रोतहरु बताउ“छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले त नेपालका नेताहरुबाट आफुहरुलाई धोका भएको समेत बताएकी थिइन् ।

Sources: ratopati.com

Tagged: , ,