Thursday, January 14, 2016

सुनसरी, पुस ३० । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी जिल्लाको कुसाहामा आज बिहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीनजना गम्भीर घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा६च ८९५२ नम्बरको सेन्ट्रो कार आज बिहान साढे चार बजे कुसाहा ९ स्थित जमुवा खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा काठमाडौं, साँखु निवासी ४० वर्षीय प्रकाश पौडेलको घटनास्थलमै मृत्यु भएको छ ।

त्यस्तै गम्भीर घाइतेहरुमा सोही ठाउँ बस्ने ४० वर्षीय तिलक श्रेष्ठ, ४० वर्षकै देवराज घिमिरे र ४५ वर्षीय रवि सिलवाल रहेका छन् ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल सुनसरी पुर्‍याइएकोमा त्यहाँ उपचार हुन नसकेपछि बिराटनगरस्थित गोल्डेन अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Source : http://www.imagekhabar.com/samachar/detail/57486/29/.meroml

Tagged: ,