Monday, December 7, 2015



मंसिर २१, २०७२- भारतीय विदेशमन्त्री सुष्मा स्वराजले छिटो नाका खुलाउन चाहेको बताएकी छन् । भारतको उपल्लो सदन राज्यसभामा भएको नेपाल बहसमा उनले राजनीतिक सहमति भएलगत्तै पारबहन समस्या समाधान हुने बताउँदै ५-७ दिनमा सकारात्मक खबर आउने संकेत गरिन् ।

राज्यसभामा सांसदहरुले नाकाबन्दीको चर्को विरोध गरेपछि सदनको भावनालाई आत्मसात गर्न पनि तयार रहेको बताइन् ।

‘रक्सौलमा हाम्रा ११ हजार २ सय ट्रक छन् । हामी ती ट्रक नेपालभित्र जाउन् भन्ने चाहन्छौं । सीमामा धर्ना बसेकाले ती जान सकेका छैनन् । तर, हामीले फिर्ता बोलाएका छैनौं किनभने फिर्ता बोलाएर नाका खुल्यो भने फेरि लैजान गाह्रो हुन्छ,’ उनले भनिन् ।

नेपाल बहसमा कांग्रेस, समाजवादी दल, जनता दल लगायतका १४ सांसद्ले उठाएका प्रश्नहरुको जवाफ दिँदै स्वराजले आफूहरुले मधेसीले न्याय पाउन् र नेपाली जनताले दुख नपाउन् भन्ने चाहेको बताइन् । उनले अन्तरिम संविधानले दिएको अधिकारलाई पनि कटौती गरिएकाले मधेसमा आन्दोलन भएको बताउँदै नाकाबन्दी भने भारतले नगरेको पटक-पटक दोहोर्‍याइन् ।


Sources: kantipur.ekantipur,com

Tagged: , ,