भारतीय विदेश मन्त्री सुष्मा स्वराजले इश्वरले चाहेमा नेपाल भारत सीमामा देखिएको समस्याको ५/६ दिनमा समाधान निस्कने बताएकी छन्।
भारतको माथिल्लो सदनमा नेपालसम्बन्धी भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै स्वराजले आफूले परराष्ट्र मन्त्री कमल थापा र मधेसी नेताहरुसँग कुरा गरेको उल्लेख गर्दै केही दिनमा समस्याको समाधान हुन सक्ने बताएकी हुन्।
उनले भनिन् – अस्ति परराष्ट्र मन्त्री कमल थापासँग पनि कुरा भएको थियो, हिजो मधेसी नेताहरुसँग पनि मेरो कुरा भयो। इश्वरले चाहे भने अबका ५/६ दिनमा कुनै समाधान निस्केला।‘
त्यसअघि उनले भारत सरकारले नेपालमा कुनै किसिमको नाकाबन्दी नगरेको बताइन्। उनले हिजो (अाइतबार) मात्रै ८ सय ६४ गाडी नेपाल प्रवेश गरेको अाकँडा दिँदै मधेसी मोर्चाको अवरोधले वीरगञ्ज नाकामा समस्या भएको स्पष्टिकरण दिइन्। नेपालमा मानवीय संकट नअावस् भनेर ४ सय ट्रक अौषधि पठाएको उल्लेख गर्दै उनले अत्यावश्यक सामग्री नपाएका नेपालीको पीडा अाफूहरूले पनि बुझेको बताइन्।
उनले भनिन्- नाकामा बसेका अान्दोलनकारीलाई गोली हानेर वा जबरजस्ति ट्रक घुसाएर समस्याको समाधान हुँदैन। समाधानका लागि राजनीतिक सहमित चाहिन्छ।
उनले मोदी सरकारले नेपालसँगको सम्बन्ध बिगारेको नभई सुधारेको बताइन्। २३ वर्षपछि पहिलोपटक नेपाल जाने प्रधानमन्त्री नरेन्द्र मोदी रहेको उल्लेख गर्दै उनले भूकम्पका बेला नेपाललाई सहयोग गरेको र दाता सम्मेलनमा १ अर्ब अमेरिकी डलर सहयोग दिने घोषणा गरेको बताइन्।
उनले मोदी सरकार नेपालमा हिन्दु राज्य र राजतन्त्र फर्काउन चाहन्छ भन्ने अफवाह फैलाएको भन्दै अाफूहरूको ती मुद्धामा कुनै चासो नरहेको बताइन्। संविधान निर्माणमा भारत सरकार नेपाली नेताहरूसँग बारम्बार सम्पर्कमा रहेको र उनीहरूले संविधान बन्ने क्रममा रहेको बताएका उल्लेख गरिन्। 'तर एकाएक के भयो बहस नै नभई नयाँ संविधान पारित भयो। जसमा अन्तरिम संविधानमा भएका प्रावधान हटाइएका थिए' उनले भनिन्।
उनले अन्तरिम संविधानमा भएका वैवाहिक नागरिकता र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तसम्बन्धी व्यवस्थामा परिवर्तन गर्न सुशील कोइराला सरकारलाई सुझाव दिए अनुसार नै संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएको बताइन्।
राज्य सभा सदस्यहरूका प्रश्नको जवाफ दिने क्रममा उनले नेपालमा भारतले नाकाबन्दी गरेको यो पहिलो पटक नभएको बताइन्। 'यो पहिलो पटक भएको होइन। राजिब गान्धीका पालामा पनि सवा वर्ष नाकाबन्दी भएको थियो' उनले भनिन्।
उनको अभिव्यक्तिप्रति अापत्ती जनाउँदै सदस्यहरूले त्यतिबेला नाकाबन्दी लगाउनु पर्ने फरक कारण रहेको बताएका थिए। सुष्माले त्यसको प्रतिवाद गर्दै भनिन् - कारणले के फरक पार्छ?
यसअघि छलफलमा भाग लिँदै करण सिंह, डिवी त्रिपाठी, पवन कुमार वर्मा लगायतका नेताहरूले भारत सरकारको नेपाल नीतिमा समस्या भएको, नाकाबन्दी कारण भूकम्पबाट थलिएको नेपालका जनताले झन दुःख पाएको, भारतकै कारण चीन नेपालमा हाबी हुन थालेको र नेपालमा भारतबिरोधी भावना फैलिएकोमा चिन्ता व्यक्त गरेका थिए।
Sources : setopati.com