Thursday, January 14, 2016

‘के काठमाडौंमा फेरि अर्को ठूलो भुइँचालो जान सक्छ?’
 
बेलायतका भूगर्भ वैज्ञानिकले वैशाख १२ को भुइँचालोका सम्बन्धमा सोमबार सार्वजनिक गरेको विश्लेषणले यो प्रश्न फेरि सतहमा ल्याइदिएको छ।
 
भुइँचालोसँग जोडिएका विज्ञान–कथाको अभाव रहेको नेपाली समाजमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकतासाथ प्रसारण गर्ने यस्ता वैज्ञानिक विश्लेषणले तरंग ल्याउनु स्वाभाविक हो।
 
यसैको परिणाम हो, बिबिसी, डेलीमेललगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई उद्धृत गर्दै मंगलबार धेरैले प्रश्न गरे, 'के काठमाडौंमा साँच्चिकै ठूलो भुइँचालो जाँदैछ? बेलायतका वैज्ञानिकले भुइँचालोको भविष्यवाणी गरिसक्दा नेपालका भूगर्भविद् के हेरेर बसेका छन्?'
 
यो प्रश्नको जवाफ दिनुअघि सबभन्दा पहिला बेलायतको अक्सफोर्ड विश्वविद्यालयका भूगर्भ वैज्ञानिक जन इलियट र उनका सहकर्मीले वैशाख १२ को भुइँचालोका सम्बन्धमा सार्वजनिक गरेको ‘नयाँ विश्लेषण’ के हो?
 
‘नेचर जियोसाइन्स’ नामक जर्नलमा छापिएको उक्त विश्लेषणअनुसार गोरखा र सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएका भुइँचालाले जमिनमुनि जुन चिरा पा¥यो, त्यो काठमाडौंको भू–सतहभन्दा ११ किलोमिटर तल अड्किएर बसेको छ। त्यो चिरा सतहसम्म आइनपुग्नु र त्यसको शक्ति काठमाडौंमुनि थुप्रिनुले यो क्षेत्रमा फेरि वैशाख १२ कै हाराहारी भुइँचालो जाने जोखिम छ भनी इलियटले उल्लेख गरेका छन्।
 
यसो भनेको के हो त?
 
तपाईंले कपडाको थान च्यातेको देख्नुभएकै होला। कपडा उधार्दा सुरुमा अलिकति च्यातिन्छ, बाटो बनेपछि धर्रर उध्रिँदै जान्छ। त्यही धर्रर उध्रिनेक्रममा जमिनको चिरा काठमाडौंमुनि आएर अड्कियो। र, त्यहाँबाट दक्षिण सर्न सकेन।
 
त्यसो भए बेलायती वैज्ञानिकले के हामी आतंकित हुनुपर्ने गरी नयाँ तथ्य नै सार्वजनिक गरेका हुन्?
 
हामीले भुइँचालोका सम्बन्धमा बुझ्नुपर्ने आधारभूत कुरा के भने, नेपालको कुनै पनि हिस्सा जोखिममा छ भन्नु आफैंमा नयाँ तथ्य हुँदै होइन।
 
पृथ्वीको भू–सतह खण्डखण्डमा विभाजित छ। ती खण्ड निरन्तर आपसमा ठोक्किने, घस्रिने, खप्टिने र फाटिने गर्दैआएका छन्– लाखौं, करोडौं वर्षदेखि। पृथ्वीका ती अलग–अलग खण्डलाई नै भूगर्भविद्हरू ‘प्लेट’ भन्छन्। अनि, ती प्लेट टुक्र्याउने चिराहरूलाई ‘फल्ट लाइन’, अर्थात् जमिनको दरार। नेपाल त्यस्तै एउटा दरारमाथि छ, जहाँ दक्षिणबाट बग्दैआएको इन्डियन प्लेट पाँच करोड वर्षअघि उत्तरको युरेसियन प्लेटसँग ठोक्किएर त्यसमुनि घुस्रिरहेको छ। र, नेपाललाई भुइँचालोको झट्का दिइरहेको छ।
 
यति आधारभूत तथ्य बुझेपछि यहाँ भुइँचालोको जोखिम छ भनी उजागर गर्न नयाँ विश्लेषणको खाँचै पर्दैन।
 
अब रह्यो, वैशाख १२ को भुइँचालोलाई केन्द्रविन्दु बनाएर सार्वजनिक गरिएको बेलायती शोधपत्रको विश्लेषण।
 
नेपालको भुइँचालोबारे लामो अनुसन्धान गरेका भूगर्भ वैज्ञानिक तथा खानी तथा भूगर्भ विभागका उप–महानिर्देशक सोमनाथ सापकोटा उक्त शोधमा उल्लिखित तथ्य नेपाली भूगर्भविद्हरूले पनि विश्लेषण गरिरहेको बताउँछन्। यसको तात्कालिक तथा दीर्घकालीन जोखिमको आँकलन भइरहेको उनको भनाइ छ।
 
‘भुइँचालो गएको केही साताभित्रै नेपालका विभिन्न ठाउँमा राखिएका जिपिएस स्टेसनबाट प्राप्त सूचनाका आधारमा हामीले भुइँचालोको दरार काठमाडौंमुनि अड्किएर बसेको छ भन्ने तथ्य केही महिनाअघि पुष्टि गरिसकेका थियौं, विदेशीहरूले हाम्रै तथ्यांकका आधारमा निष्कर्ष निकालेका हुन्,’ उनले  सेतोपाटीसँग भने।
 
‘हाम्रो अबको विश्लेषण आगामी दिनमा के हुनसक्छ भन्नेमा केन्द्रित छ,’ उनले भने, ‘हामी चार सम्भावना देखिरहेका छौं, तीमध्ये कुन सम्भावना बढी प्रबल छ भन्नेमा हाम्रो अहिलेको अनुसन्धान केन्द्रित छ।’
 
सापकोटा तिनै भूगर्भ वैज्ञानिकमध्ये एक हुन्, जसले ६ सय ७९ वर्ष अन्तराल (सन् १२५५ र १९३४) मा गएका दुई ठूला भुइँचालोको दरार पूर्वी नेपालको बर्दिबासमा फेला पारेका थिए।
 
विभागअन्तर्गतकै राष्ट्रिय भूकम्प मापन केन्द्र प्रमुख तथा वैशाख १२ यताका प्रत्येक कम्पन र तरंगलाई मिहीन केलाइरहेका भूगर्भविद् लोकविजय अधिकारीले पनि ‘गोरखा र सिन्धुपाल्चोक केन्द्रविन्दु रहेका भुइँचालाले जमिनमा पारेको दरार काठमाडौंमुनि अड्किएको र त्यसको शक्ति यहीँ थुप्रिएको’ बताएका छन्।
 
काठमाडौंमुनि थुप्रिएको त्यो भुइँचालो शक्ति आगामी दिनमा कसरी ‘रिलिज’ (निष्कासन) होला त?
 
यस सम्बन्धमा नेपाली भूगर्भ वैज्ञानिकले तयार पारेका चार सम्भावना यस्ता छन् : 
 
पहिलो, अड्किएको चिरा विस्तारै फुक्दै जानेछ र यही क्रममा सानो–सानो भुइँचालोबाट सञ्चित शक्ति ‘रिलिज’ हुनेछ। यस आधारमा काठमाडौं र वरपर क्षेत्रमा केन्द्रविन्दु बनाएर जाने स–साना भुइँचालाले यहाँ गाँठो परेको चिरालाई चुरेको फेदसम्म पुर्याइदिन सक्छ।
 
‘यो सम्भावनाअनुसार भइदिए सानो–सानो म्याग्नेच्युडका भुइँचालाले चिरालाई विस्तारै ठेल्दै चुरेको भू–सतहसम्म पुर्याइदिनेछ,’ अधिकारीले भने, ‘यसका लागि धेरै वर्ष लाग्न सक्छ, यसरी गाँठो फुक्यो भने जोखिम कम हुन्छ। यो हाम्रा लागि सबभन्दा सहज अवस्था हो।’
 
दोस्रो, वैशाख १२ को जस्तै अर्को धक्का आएर गाँठो परेको चिरालाई एकैचोटि चुरेको फेदमा पुर्याइदिनसक्छ। र, भएभरको शक्ति एकैचोटि ‘रिलिज’ हुनसक्छ।
 
जिपिएसबाट प्राप्त तथ्यांकअनुसार काठमाडौंमुनि अड्किएको चिरालाई चुरेको फेदसम्म पुग्न लगभग ७ म्याग्नेच्युडकै धक्काको खाँचो पर्छ। यसको अर्थ, त्यो बराबरको शक्ति भू–सतहमुनि जम्मा भएर बसेको छ भन्ने हो।
 
यो शक्ति एकैचोटि बाहिर आउनु जोखिमपूर्ण हुनेछ। बेलायती वैज्ञानिक जन इलियट र उनको टोलीले आफ्नो शोधमा दिएको निष्कर्ष यही हो। तर, उनीहरूले भनेजस्तो एकैचोटि ठूलो भुइँचालो जान्छ भन्ने ठोस आधार केही छैन। बरु नेपालको अहिलेसम्मको भुइँचालो इतिहासले यसरी जम्मा भएको शक्ति सानासाना धक्काबाट लामो समय लगाएर ‘रिलिज’ हुने सम्भावना नै बढी देखाउँछ।
 
तेस्रो, काठमाडौंमुनि अड्किएको शक्ति न एकै धक्कामा घिटिक्क बाहिर आउनसक्छ न त लामो समय लगाएर विस्तारै फुक्दै जानेछ। बरु पिप भरिएको पिलोजस्तो ५०–६० किलोमिटर तलसम्म गुजुल्टिँदै बस्छ र केही समयपछि बाहिर आउँछ।
 
जमिनको निकै गहिराइसम्म गुजुल्टिएको शक्ति बाहिर आउँदा त्यसले ल्याउने कम्पनको मात्रा कम हुन्छ। २०४५ सालको भुइँचालो यसैगरी निकै तलबाट आएकाले त्यसले कम क्षति पुर्याएको थियो।
 
र चौथो, अन्य क्षेत्रमा ठूलो भुइँचालो जाँदा त्यही बेला यहाँ जम्मा भएको शक्ति पनि स्वतः बाहिर निस्कन्छ र खतरा टर्छ। उदाहरणका लागि, नेपालको पश्चिम क्षेत्रमा पाँच सय वर्षदेखि ८ म्याग्नेच्युडभन्दा ठूलो भुइँचालो गएको छैन। त्यहाँ रन्किएर बसेको पिलो निचोरिँदो त्योसँगै काठमाडौंमुनि जम्मा भएको शक्ति पनि बाहिर आउनसक्छ।
 
‘यी चार सम्भावनामध्ये नेपालमा कस्तो स्थिति उत्पन्न होला यसै भन्न सकिन्न,’ सापकोटाले भने, ‘बेलायती भूगर्भविद्हरूले एकैचोटि धक्का आएर यो गाँठो फुक्छ र यहाँ थुप्रिएको शक्ति रिलिज हुन्छ भन्ने अनुमान गरेका हुन्, त्यसै हुन्छ भन्ने केही ग्यारेन्टी छैन।’
 
उनका अनुसार नेपालको भुइँचालो इतिहास केलाउने हो भने एउटा भुइँचालोले निखार्न नसकेको शक्ति अर्कोबाट निख्रन लामो समय लागेको देखिन्छ, जुन बेलायती वैज्ञानिकले भनेजस्तो भोलि नै आइहाल्ने गरी खतरनाक स्थिति होइन। जोखिमपूर्ण भने पक्कै हो, जुन नेपालको भौगोलिक अवस्थितिले बढाएकै छ।
 
‘वैशाख १२ लगतै काठमाडौंलाई केन्द्रविन्दु बनाएर भुइँचालो जाँदा सबै डराउँथे, हामी भने खुसी हुन्थ्यौं,’ अधिकारीले भने, ‘काठमाडौंमुनि लक भएको गाँठो अलिकति भए पनि फुकेर दक्षिणतिर सर्दै चुरेको फेदसम्म पुग्यो भनी हामी ढुक्क हुन्थ्यौं।’
 
 
भुइँचालो इतिहासले के भन्छ?
 
वैज्ञानिकका अनुसार कुनै पनि ठूलो भुइँचालोले पार्ने दरार भू–सतहमा देखिने गर्छ। नेपालको सन्दर्भमा इन्डियन र युरेसियन प्लेट जुन ठाउँमा ठोक्किरहेको छ वा खप्टिरहेको छ, त्यही ठाउँको भू–सतहमा भुइँचालोको दरार देखिन्छ। यो भनेको चुरेको फेद हो, जहाँबाट मधेस सुरु हुन्छ।
 
वैज्ञानिकका अनुसार नेपाललाई भुइँचालोको भुङ्ग्रोमा पार्ने पृथ्वीको दरार चुरेको फेदमै छ, जुन लगभग महेन्द्र (पूर्व–पश्चिम) राजमार्ग सँगसँगै दौडिएको छ। बन्चरोले दाउरा खप्लक्क दुई टुक्रा पारेझैं यो दरारले नेपाललाई दुई चिरा पारेको छ– चुरेभन्दा माथि एउटा खण्ड र त्योभन्दा मुनि अर्को।
 
हिमाली भुइँचालोले ल्याउने तरंग वा शक्ति सोझै यही दरारमा आएर टुंगिने सापकोटा बताउँछन्।
 
जस्तो, सन् १२५५ र १९३४ को भुइँचालोले पारेको दरार बर्दिबासमा फेला परेको छ। यी दुवै ८ म्याग्नेच्युडभन्दा ठूला भुइँचाला हुन्।
 
सन् १५०५ मा पश्चिम नेपालमा गएको भुइँचालोको दरार पनि कञ्चनपुरको मछडी खोलाछेउ फेला परेको दाबी गरिएको छ। यो दरार नेपाली वैज्ञानिक सापकोटा र अमेरिकी वैज्ञानिक युलले खनेका हुन्।
 
यसपालि गोरखा भुइँचालोको दरार भने अझै भू–सतहमा फेला परेको छैन। ‘हाम्रो जिपिएसले दिएको आँकडाअनुसार गोरखा भुइँचालोपछि काठमाडौंसम्मको भाग सरेको छ, तर यहाँबाट दक्षिणतर्फ चुरेसम्मको भाग सरेको छैन,’ सापकोटाले भने, ‘यो बीचको क्षेत्र काठमाडौंमुनि ‘लक’ भएर बसेको छ।’
 
अधिकारी पनि वैशाख १२ को भुइँचालोलाई चुरेको फेदसम्म नपुगेको ‘अधकल्चो भुइँचालो’ बताउँछन्।
 
गोरखा भुइँचालो मात्र होइन, विगतमा मध्य नेपाललाई केन्द्रविन्दु बनाएर गएका अन्य भुइँचालोका दरार पनि भू–सतहसम्म नआइपुगेको उनको भनाइ छ।
 
यसको कारण के त?
 
 
भूगर्भ वैज्ञानिकहरूका अनुसार पूर्वी र पश्चिमी क्षेत्रमा जाने भुइँचालोले भू–सतहमा चिरा पारेजस्तै मध्य क्षेत्रले आफ्नो चिह्न नदेखाउनुको कारण यहाँको भौगोलिक अवस्थिति र भुइँचालोको आकार हो।
 
‘पूर्वी र पश्चिमी नेपालमा ८ म्याग्नेच्युडभन्दा ठूला भुइँचाला गएका छन्, जसले भू–सतहसम्म दरार ल्याउने सामथ्र्य राख्छ, तर यहाँ भुइँचालोको संख्या थोरै छ,’ अधिकारीले भने, ‘मध्य क्षेत्रमा भने दरार नदेखिने गरी ८ म्याग्निचयुडभन्दा साना भुइँचाला धेरै गएका छन्।’
 
उनका अनुसार भुइँचालो जाने अवधि पनि क्षेत्रअनुसार फरक छ। पूर्वी नेपालमा ६ सय ७९ वर्ष अन्तरालमा भुइँचालो गएको देखिन्छ भने पश्चिम नेपालमा ठूलो भुइँचालो नगएको ५ सय वर्ष नाघिसक्यो। मध्य क्षेत्रमा भने ६ देखि ७ म्याग्नेच्युड हाराहारीका भुइँचालो प्रत्येक ५०–सय वर्ष अन्तरालमा गइरहेका छन्।
 
काठमाडौंमुनि अड्किएको शक्ति पनि ५०–सय वर्ष समय लगाएर विस्तारै फुक्दै जाने सम्भावना रहेको विगतको भुइँचालो इतिहासले देखाउँछ।
 
अर्कातिर, पूर्वमा सन् १२५५ को भुइँचालोले छाडेको शक्ति निख्रन लगभग ७ सय वर्ष कुर्नुपरेको थियो, जुन १९३४ (विसं १९९०) को भुइँचालोले सतहमा ल्याइदियो। यस आधारमा काठमाडौंमुनि अड्किएको शक्ति बाहिर आउन लामो समय लाग्नसक्छ।
 
‘यो खतराको घन्टी पक्कै हो,’ अधिकारी भन्छन्, ‘यसलाई ध्यानमा राखेर हामीले आगामी दिनमा लिनुपर्ने सुरक्षा कदमप्रति चनाखो हुनुपर्छ।’
 
भूगर्भ वैज्ञानिक सापकोटा पनि यो जोखिम ध्यानमा राखेर सरकारले भुइँचालोसम्बन्धी अनुसन्धानलाई बढावा र सुरक्षा अवधारणामा जोड दिनुपर्ने बताउँछन्।
 

‘जोखिम छ भन्दै आत्तिने होइन, वैज्ञानिक अध्ययन–अनुसन्धान बढाउने र पूर्वाधार निर्माणमा सुरक्षा व्यवस्था अपनाउने हो,’ उनले भने, ‘नेपालको भौगोलिक अवस्थिति विचार पुर्याएर पनि सरकारले यी दुवै काममा ध्यान दिनैपर्छ।’

Source : http://setopati.com/samaj/39622/
सुनसरी, पुस ३० । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी जिल्लाको कुसाहामा आज बिहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीनजना गम्भीर घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा६च ८९५२ नम्बरको सेन्ट्रो कार आज बिहान साढे चार बजे कुसाहा ९ स्थित जमुवा खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा काठमाडौं, साँखु निवासी ४० वर्षीय प्रकाश पौडेलको घटनास्थलमै मृत्यु भएको छ ।

त्यस्तै गम्भीर घाइतेहरुमा सोही ठाउँ बस्ने ४० वर्षीय तिलक श्रेष्ठ, ४० वर्षकै देवराज घिमिरे र ४५ वर्षीय रवि सिलवाल रहेका छन् ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल सुनसरी पुर्‍याइएकोमा त्यहाँ उपचार हुन नसकेपछि बिराटनगरस्थित गोल्डेन अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Source : http://www.imagekhabar.com/samachar/detail/57486/29/.meroml

Friday, December 25, 2015



टेलिकमको ‘ब्यालेन्स ट्रान्सफर’ सेवा पुनः संचालनमा (नयाँ तरिका सहित)
सेतोपाटी संवाददाता
काठमाडाैँ, पुस १०


नेपाल टेलिकमले केही समययता स्थगित गरेको ‘ब्यालेन्स ट्रान्सफर’ सेवा पुनः संचालनमा ल्याएको छ।

नेपाल टेलिकमले हाल परिमार्जन सहित ब्यालेन्स ट्रान्सफर गर्ने नयाँ सिस्टम ल्याएको टेलिकमका सह प्रवक्ता डिल्लीराम अधिकारीले जानकारी दिए।

उनका अनुसार अब ब्यालेन्स ट्रान्सफर गर्दा पठाइने रकमको मात्रालाई पैसामा बदल्नु पर्दैन। जस्तै पहिले १० रुपैयाँ ब्यालेन्स ट्रान्सफर गर्न १००० पैसा लख्नुपर्थ्यो भने अब १० रुपैयाँका लागि १० नै लेखे हुन्छ।

नयाँ सिस्टममा एक पटकमा १० रुपैयाँदेखि १०० रुपैयाँसम्म मात्र ब्यालेन्स पठाउन सकिन्छ। त्यस्तै कुनै एक नम्बरबाट ब्यालेन्स पठाउँदा दिनको पाँच पटक मात्र व्यालेन्स पठाउन सकिने अधिकारीले जानकारी दिए।

ब्यालेन्स ट्रान्सफरका लागि *422*security code no*phone no* Rs# गर्ने (पठाउन चाहेकाे रकम रुपैयाँमै लेख्ने)। अाफ्नो सेक्युरिटी कोड थाहापाउन scode लेखेर 1400 मा पठाउन सकिनेछ। यो सेवा जीएसएम प्रिपेड ग्राहकहरुका लागि उपलब्ध गराइएको तर यसबाट सीडीएमए प्रीपेड तथा पोस्टपेडमा पनि व्यालेन्स पठाउन सकिने सह प्रबक्ता अधिकारीले सेतोपाटीलाई जानकारी दिए।

ग्राहकहरुको समस्यालाई मध्यनजर गर्दै अत्यावश्कीय अवस्थामा व्यालेन्स ट्रान्सफर गर्न सकियोस् भनेर टेलिकमले यो सेवा पुनः सुरु गरेको अधिकारीले बताए। यो व्यवस्था अर्को सुचना जारी नहुन्जेल लागू हुने पनि टेलिकमले जनाएको छ।

Source: http://kinmel.setopati.com/suchana-prawidhi/32004/

Wednesday, December 23, 2015

काठमाडौं, ७ पुस । फेसबुकका मालिक मार्क
जुकुरवर्गले आफ्नो छोरी म्याक्सको जन्मले बाबु
बनेको खुसियालीमा करोडौंको अफर ल्याएका
छन् ।
छोरीको जन्मपश्चात फेसबुक प्रयोगकर्तालाई
‘फेसबुक’ विश्वकै शक्तिशाली सञ्चार माध्यम
बनेको भन्दै प्रयोगकर्तालाई धन्यवाद दिएको
आफ्नो पोष्ट शेयर गरेबापत मार्क जुकुरवर्गले
भाग्यशाली हजार जनालाई लाखौँ डलर दिने
विषय अहिले सामाजिक सञ्जाल फेसबुकमा भाइरल
बनेको छ ।
आफ्नो उक्त पोष्ट शेयर गरेबापत हजार जना
भाग्यशाली प्रयोगकर्तालाई ४.५ मिलियन डलर
दिइने जुकरबर्गले आफ्नो पोष्टबाट घोषणा गरेका
छन् ।
फेसबुकमा मार्क जुकरबर्गको नाममा गरिएको पोष्ट
यस्तो छ:
Can’t wait to see who the lucky recipients are…
According to Good Morning America, Not a
hoax! Mark Zuckerberg has announced that he
is giving away $45 billon of Facebook stock.
What you may not have heard is that he plans
to give 10% of it away to people like YOU and
ME! All you have to do is copy and paste this
message into a post IMMEDIATELY. At
midnight PST,Facebook will search through the
day’s post and award 1000 people with $4.5
million Each as a way of saying thank you for
making Facebook such a powerful vehicle for
connection. #Markzucukerberg
Source: http://nepalisansars.blogspot.com/2015/12/blog-post_980.html