Sunday, December 6, 2015

थ्यांक्यु अंकल, थ्यांक्यु आन्टी,’ एउटा प्यारो आवाजले तान्छ ।
मनकारी मानिसहरू आफ्नो अवस्थाअनुसार २०, १००, ५० रुपैयाँ सजिलै निकाल्छन् । हातले पैसा समाएपछि उनी ‘थ्यांक्यु अंकल, आन्टी’ भन्न बिर्संदिनन् । यी शब्द यति आत्मीय लाग्छन् कि मानिसहरू केहीबेर निःशब्द रोकिन्छन् । त्यसैले उनी प्रायः आठ–दशजनाबाट घेरिइरहेकी छिन् ।
झट्ट हेर्दा बालिकाजस्ती लाग्ने तर उमेरले किशोरी, ह्विलचियरमा छिन्, बाबुले सहारा दिइरहेका छन् ।
नाम लक्की राई, तौल पाँच केजी, उचाइ १८ इन्च, उमेर १४ वर्ष, आवाज बालसुलभ ।
यो वस्तुस्थिति पशुपतिनाथ मन्दिर परिसरको हो, गत शनिबारको । सार्वजनिक बिदाका दिन भएकाले पनि प्रायः शनिबार पशुपति परिसरमा दर्शनार्थीको भीड लाग्ने गर्छ । शनिबार मात्रै लक्की राई मनकारी मानिसबाट दुई–चार पैसाको आशामा पशुपति परिसर आउने गर्छिन्, उनी शनिबार मात्रै पशुपति आउनुको कथा भने बेग्लै छ ।




लक्कीको जन्म ०५८ असारमा सोलुखुम्बुको देउसामा भएको हो । उनका बाबु खिम राई पर्यटकको भारी बोक्ने काम गर्थे ।
जन्मेको आठ महिनादेखि नै लक्कीको शारीरिक वृद्धि रोकियो । त्यसपछि श्वासप्रश्वासमा समस्या देखिन थाल्यो र उनलाई गाउँकै स्वास्थ्यचौकी लगियो । तर, उनको स्वास्थ्यमा सुधार भएन । अनि, ०५९ साउन अन्तिमतिर उनलाई सोलु जिल्ला अस्पताल ल्याइयो ।
‘जिल्ला अस्पतालमा करिब एक महिनासम्म राखेर उपचार गरेर लगेँ । ६ महिनापछि फेरि श्वासप्रश्वासमा समस्या देखियो,’ लक्कीका बुवा खिम भन्छन्, ‘फेरि जिल्ला अस्पतालमा ८ महिनासम्म उपचार गर्यौँ । सुधार भएन । डाक्टरले काठमाडौं कान्ति बालअस्पतालमा जाउ भन्यो ।’
बाबु खिमले ऋणधन गरी लक्कीलाई काठमाडौं ल्याए ।


Source : ratopati.com

Tagged: ,