Showing posts with label Politics. Show all posts
Showing posts with label Politics. Show all posts

Tuesday, December 8, 2015

२२ मंसिर काठमाडौं ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथि प्रश्न उठाएका छन् । तराई मधेसको आन्दोलनलाई कारण देखाउदै भारतले नाकाबन्दी गरिरहेका बेला अख्तियारले राजनीतिक पूर्वाग्रहले नेताहरुमाथि पत्र काटेको भन्दै उनले प्रश्न उठाएका हुन् ।

मंगलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय समिति बैठकमा अख्तियारले पार्टीका महासचिवलाई पत्र काटेप्रति केन्द्रीय सदस्यहरुले जवाफ मागेपछि प्रचण्डले अख्तियारले बेठिक काम गरेको बताए । अख्तियारले काटेको पत्रमा महासचिव कृष्णबहादुर महरा सहित तीन जना नेता परेका छन् ।

अख्तियारले २९ जनामाथि पत्र काटेपनि एमाले र एमाओवादीका नेताहरुमाथि लक्षित गरेर पत्र काटेको भन्दै प्रचण्डले प्रधानमन्त्री केपी ओली र कांग्रेसका सभापति सुशील कोइरालासंग छलफल गरेका छन् ।

मंगलवार साँझ बालुवाटारमा भएको प्रधानमन्त्री ओली र प्रचण्डबीचको छलफलमा अख्तियारको प्रतिशोधपूर्ण पत्रको एकढिक्का भएर सामना गर्ने सहमति भएको बताइएको छ । तत्कालिन खिलराज रेग्मी नेतृत्वको मन्त्रिपरिषदबाट नियुक्त भएका कार्कीलाई अख्तियारको प्रमुख बनाउने विषयमा तीन दलले सहमति जनाएका थिए ।

Sources :nepaliheadlines.com/अख्तियार-प्रमुख-कार्कीमा/


Monday, December 7, 2015

२१ मंसिर, काठमाडौं । नेपालका लागि भारतीय पूर्वराजदूत शिवशंकर मुखर्जीले भारतले आलोचना सहेर भए पनि नेपालमाथि दबाव जारी राख्नुपर्ने बताएका छन् ।
Shiv-Shankar-Mukharjeeभारतको पछिल्लो नेपाल नीति सम्वन्धमा पूर्वगृहमन्त्री तथा भारतीय कंग्रेस आईका नेता पि. चिदाम्बरमले उठाएका प्रश्नमा केन्द्रित हुँदै उनले नेपालका मधेसीहरुमाथि राज्यले चर्को विभेद गरेकोसमेत दाबी गरेका छन् ।
चिदाम्बरमले गत ६ अक्टोबरमा द इन्डियन एक्सप्रेसमा एक लेख लेख्दै भारतीय नीतिबारे १० वटा आलोचनात्मक निश्कर्ष प्रस्तुत गरेका थिए । उक्त सन्दर्भ उल्लेख गर्दै मुखर्जीले अर्को एक लेखमार्फत अहिले नेपालको सरकारमा रहेका नेताहरु ‘बाहुन-क्षेत्री-पहाडी मानसिकताबाट माथि उठ्न नसकेको आरोप लगाएका छन् ।
‘उनीहरुले प्रजातन्त्र त अंगाले, तर यसको फल तराईका जनता विशेषगरी मधेसीलाई दिन अस्वीकार गरेका छन्,’ मुखर्जीले लेखेका छन्, ‘उनीहरुलाई अझै पनि नक्कली नेपाली र भारतीय एजेन्टको संज्ञा दिइन्छ ।’
मुखर्जीले अगाडि लेखेका छन्, ‘यो पहिलो मधेसी आन्दोलन होइन । सन् २००७ को अन्त्यतिर पहिलो आन्दोलन भएको थियो, जब उनीहरुले नेपालमा राजतन्त्र हटाउने क्रान्तिपछि पनि आफूहरुलाई अधिकारबाट बञ्चित पारिएको महसुस गरे ।


सन् २००८ को फेब्रुअरी २८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासित लिखित सम्झौता भयो । उक्त सम्झौतामा मधेसीहरुलाई जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व, सरकारी जागिरमा समानुपातिक पहुँच र स्वायत्तताको ग्यारेन्टी गरिएको थियो । यी कुराहरु अन्तरिम संविधानमा समेत समावेश गरिएका थिए ।’
संविधानसभाबाट बनेको नयाँ संविधानले यी कुराहरुलाई खारेज गरेको मुखर्जीले दाबी छ । मधेसीहरुले यसलाई अस्वीकार गर्ने चेतावनी दिँदादिँदै पनि मुख्य तीन दलहरु संविधानमा अघि बढेको उनले उल्लेख गरेका छन् ।
मुखर्जीले नेपालको संविधानको प्रकृतिका विषयमा नेपाली शासकहरुसित बातचित गर्ने भारतसित पूरा वैधानिक आधार रहेको जिकिरसमेत गरेका छन् ।
‘यदि तराईमा अस्थिरता र हिंसा भयो भने खुला सीमापारि असर पर्छ र भारतका लागि यो सुरक्षा चिन्ताको विषय बन्छ,’ उनले लेखेका छन् । उनले भारतीय विदेश सचिवको भ्रमण अन्तिम क्षणमा नभएको भन्दै यसलाई अगाडि रहेको संकट टार्नका लागि गरिएको निणर्ायक प्रयासका रुपमा चर्चा गरेका छन् ।
उनले नाकाबन्दी आन्दोलनका कारणले भएको उल्लेख गर्दै सिमानामा आन्दोलन चलिरहेको अवस्थामा ट्रक ड्राइभरहरु ज्यान जोखिममा राखेर जान नसक्ने बताएका छन् ।
‘नेपालको सरकारले अन्तर्राष्ट्रिय समुदायमा पीडितका रुपमा प्रस्तुत हुने प्रयास गरिरहेको छ । तर, भारतले नेपालमा उत्पन्न राजनीतिक समस्याको राजनीतिक समाधानका लाग गम्भीर सम्वादमार्फत आफ्नो दवाव कायम राख्नुपर्छ ।’

Sources : onlinekhabar.com

Sunday, December 6, 2015

काठमाडौं–एमाओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवामाथि भारतीय नेतासँग भएको कुराकानीका विषयमा गम्भिर प्रश्न उठाइएपनि दुवै नेताले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । नयाँ शक्ति अभियानका संयोजक डा.बाबुराम भट्टराई र एमाले सचिव प्रदीप ज्ञवालीले प्रश्न उठाएपनि पूर्वप्रधानमन्त्रीद्धय प्रचण्ड र देउवा मौन बस्दै आएका छन् । मंसिर १७ गते काठमाडौंमा भएको एक कार्यक्रममा भट्टराईले ‘भारतीय शासकवर्गलाई के आश्वासन दिइएको थियो ? संविधान जारी हुनुअघि दिल्ली जानेहरुले जवाफ दिनुपर्ने’ भन्दै प्रचण्ड र देउवामाथि हमला गरेका थिए । काठमाडौंमा भएको तराई–मधेस, आदिवासी जनजाति, थरुहट/थारुवान, लिम्बूवान, दलित तथा मुस्लिम राष्ट्रिय आन्दोलनमा नागरिक ऐक्यबद्धता सभालाई सम्बोधन गर्दै भट्टराईले प्रचण्ड र देउवाले दिल्ली गएर दिएको आश्वासन जनतालाई बताइदिन माग गरेका थिए ।



बाबुरामले देउवा र प्रचण्डको गतिविधि अदृश्य रहेको समेत दावी गरेका थिए । ‘पटक–पटक अखबारहरुमा आएको छ यहा“का नेताहरुले दिल्लीका शासकहरुलाई विभिन्न प्रकारका आश्वासन दिनुभएको थियो भनेर । त्यसो भए उहा“हरुले भन्नुप¥यो जनतालाई । जो आफूलाई राष्ट्रवादी भनिराख्नुभएको छ र हाम्रो देशभक्तिमाथि प्रश्न उठाइराख्नुभएको छ, उहा“हरुले जवाफ दिनुप¥यो । दिल्लीमा गएर उहाँहरुले के आश्वासन दिएर आउनुभएको थियो ।’ भट्टराईले भनेका थिए, ‘खासगरी संविधान जारी गर्ने अन्तिम बेलामा शेरबहादुर देउवा दिल्ली गएर के आश्वासन दिनुभएको थियो ? कमरेड प्रचण्डजीले दिल्ली गएर के आश्वासन दिनुभएको थियो भारतीय शासक वर्गलाई ? नेपाली जनतालाई बताइदिनुप¥यो । उहाँहरुको देशभक्तिमाथि प्रश्न उठेको छ हाम्रो होइन । हाम्रो जीवन खुल्ला छ, कसैलाई कुनै आश्वासन दिइएको छैन । हामीले प्रमाणित गर्नुपर्ने केही पनि छैन । सबै प्रमाणित छन् । तर अदृश्य कुराहरु उहाँहरुको छ ।’

भट्टराईले राष्ट्रियताको खोक्रा कुरा गरेर जनतालाई दुख दिनेहरुले सत्ताका लागि भारत जानेले जवाफ दिन पनि माग गरेका थिए । ‘सत्ताको निम्ति दिल्लीमा गएर, भन्न हुने/नहुने, गर्न हुने/नहुने कामहरु गर्ने अनि यहाँ आएर राष्ट्रवादका खोक्रा नारा लगाउने मानिसहरुले जवाफ दिनुपर्छ । भारतसँगको के कुराले यो अप्रीय ढंगले नाकाबन्दी भयो त्यो भन्नुप¥यो उहाँहरुले । उहाँहरुले के भन्नुभएको थियो र भारतीय शासक किन रिसायो उहाँहरुसँग ? ’ भट्टराईको भनाई थियो, ‘उहाँहरुसँगको रीसको कारणले गर्दा नेपाली जनताले दुःख पाउनुपर्ने ? तपाईं–हामीले तेल र ग्यास नपाएर भोक–भोकै हाम्रा बच्चाहरु बस्नुपर्ने ? हाम्रा छोरा–छोरीहरुका चार–चार महिनासम्म स्कुल बन्द हुनुपर्ने ? केही मान्छेका स्वार्थका कारणले गर्दा । अनि अहिले उनीहरुले नै अहिले राष्ट्रियताका खोक्रा नारा लगाएर हामीमाथि हिलो छ्याप्ने र जनतालाई भ्रम दिने ? यो कुरालाई उहाँहरुले प्रष्ट पार्नुपर्छ ।’
त्यसैबीच आइतवार एक म्यागजिनमा प्रकाशित आफ्नो अन्तर्वार्तामा एमाले सचिव ज्ञवालीले प्रचण्ड र देउवाले उनीहरुमाथि उठेको प्रश्नको जवाफ दिनुपर्ने माग गरेका छन् । ‘प्रचण्ड र शेरबहादुर देउवाले ती कुराहरु सार्वजनिक गनुपर्छ । बोल्नुभएको थियो भने पनि त्यो के थियो भनेर सार्वजनिक गर्नुपर्छ । नबोल्नुभएको भए त्यसको खण्डन गर्नुपर्छ ।’ ज्ञवालीले अन्तर्वार्तामा भनेका छन्, ‘अहिले सम्रग भारतीय जनता पार्टी त्यसलाई ब्याकअप दिने राष्ट्रिय स्वयंसेवक दल र भारतमा बढ्दै गएको हिन्दुमाथिको दक्षिणपन्थी राजनीतिक प्रभावका आधारमा भन्दा नेपालको संविधान कहीँ न कहीँ हिन्दुत्वलाई पछ्याओस र धर्मनिरपेक्षता हटाईदिओस भन्ने नै चाहन्थ्यो भनेर अनुमान गर्न सकिन्छ ।’
आफ्नो अन्तर्वार्तामा ज्ञवालीले भारत मधेश र हिन्दुको विषयमा द्धिविधामा रहेको पनि दावी गरेका छन् । ‘मधेको आन्दोलन, त्यो समुदायस“गको सांस्कृतिक निकटता र आन्दोलनका कारण हुनसक्ने सुरक्षाका प्रश्नहरु प्रकटमा देखिन्छन् । तर, दिल्लीमा आरएसएसको समूहमा भने हिन्दुत्वको सवाल पनि प्रत्यक्ष रुपमा छलफलमा आउने गरेको छ । त्यसैले दिल्ली द्धिविधामा रहेको र त्यहाँ परस्पर विरोधी विचार सोच प्रकट भएको देखिन्छ ।’ ज्ञवालीले ओली प्रधानमन्त्री भएपछि दुईपटक दिल्ली भ्रमण गरेका छन् । एकपटक उनी प्रधानमन्त्रीको विशेष दूतका रुपमा र एक पटक भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीको निमन्त्रणामा उनी दिल्ली गएका थिए ।
प्रचण्ड र देउवाले संविधानसभाको निर्वाचनपूर्व भारत सरकारको निमन्त्राणमा दिल्ली भ्रमण गरेका थिए । उक्त भ्रमणका बेला उनीहरु दुवैले हिन्दु राष्ट्रको विषयमा आफुहरु लचिलो बन्न सक्ने आश्वासन भारतीय नेताहरुलाई दिएको दावी गरिएको छ । यहि विषयमा अहिले प्रश्न उठेको हो । तर, प्रचण्ड र देउवा दुवैले यो विषयमा केही बताएका छैनन् । भारतीय संस्थापन पक्षले भित्र–भित्र नेपालको नया“ संविधानमा धर्मनिरपेक्षता शब्द हटाउन सुझाव दि“दै आएको छ । भारत भ्रमण सकेर नेपाल आएपछि उपप्रधानमन्त्री एव्म परराष्ट्रमन्त्री कमल थापाले यस विषयमा प्रधानमन्त्री ओलीलाई बिफ्रिङ गरेको स्रोतको भनाई छ । मन्त्री थापाको दिल्ली भ्रमणस“गै प्रचण्ड र देउवाको आश्वसनको विषय पुन : सतहमा आएको छ । स्रोतका अनुसार भारतीय गुप्तचर एजेन्सीहरुले मधेस आन्दोलनमा हिन्दु राज्यको माग भित्र्याउने रोडम्यापमा काम गरिरहेका छन् । मधेसवादी दलको माग सम्बोधन हुने गरि हुने गरिने संविधान संसोधनमा धर्मनिरपेक्षता शब्द हटाउन मिल्ने गरि हिन्दुवादी आन्दोलनलाई सहयोग पु¥याउन सकिने ति एजेन्सीहरुको बिफ्रिङ रहेको उच्च राजनीतिक स्रोतहरु बताउ“छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले त नेपालका नेताहरुबाट आफुहरुलाई धोका भएको समेत बताएकी थिइन् ।

Sources: ratopati.com