Tuesday, December 8, 2015

२२ मंसिर, हर्विन (चीन) । उत्तरी चीनको हैलोङ्गजीआङ्ग प्रान्तमा अवस्थित एक होटेलमा भएको आगलागिमा परी चार व्यक्तिको मृत्यु भएको छ ।


सो आगलागिमा अन्य १४ जना घाइते भएका जनाइएको छ । यानसोउ जिल्लामा रहेको जुलोङ्गयुआन होटेलमा स्थानीय समयाअनुसार मङ्गलबार बिहान ९:३० बजे आगलागी सुरु भएको बताइको छ ।

यस घटनामा घाइते भएका १४ व्यक्तिमा तीन जनाको अवस्था चिन्ताजनक भएको बताइएको छ । होटेल मालिकलाई प्रहरी हिरासतमा लिइएको समाचारमा उल्लेख छ ।

Sources: http://nepaliheadlines.com/होटलमा-आगलागी-हुँदा-चारक/

Tagged: , ,