Tuesday, December 8, 2015

२३ मंसिर, एजेन्सी।
अमेरिकामा मिसाइल डिस्ट्रोयर जहाज ‘युएसएस जुमवाल्ट’ को परिक्षण सुरु भएको छ। विश्वकै सबैभन्दा ठुलो स्टेल्थ (दुश्मनको राडारले पत्ता लगाउन नसक्ने) यो डिस्ट्रोयर पानीजहाजले १०० किलोमिटरको दुरी टाढाबाट दुश्मन मिसाइललाई ध्वस्त बनाउन सक्छ।
परिक्षणको समयमा इन्जिनियर कम्प्युटर र पावर सिस्टम जाँच गरिरहेका छन्। साथै यसको कार्यक्षमता र शक्तिपनि परिक्षण हुनेछ। जरुत परे उपकरण फेरबदल समेत गर्न सकिने बताइन्छ।
यो डिस्ट्रोयरको अनुमानित लागत ४.४ बिलियन डलर छ। रिपोर्टको अनुसार अमेरिकाले जुमवाल्ट जस्तै अन्य दुइ पानीजहाज पनि बनाउने छ।
Sources:http://nepaliheadlines.com/अमेरिकाले-बनायो-सबैभन्दा/

Tagged: , ,