Sunday, December 6, 2015

काठमाडौँ–सरकारले नेपालको संविधानका विषयमा जनतालाई सुसूचित गर्न तथा संविधानबारे उठाइएका अनेकौँ अनावश्यक टीकाटिप्पणीलाई चिर्न सोमबारदेखि मुलुकभर राष्ट्रिय अभियान सुरु गरेको छ । अभियानको सुरुवात राष्ट्रिय सभागृहमा आयोजित ऋएक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले गरे।
‘नेपालको संविधान–जनताको संविधान’, ‘जनताको संविधानः जनताकै माझमा’ नारा दिइएको उक्त राष्ट्रिय अभियान ७५ वटै जिल्ला सदरमुकाम, २१७ नगरपालिका र तीन हजार १५७ गाविसका केन्द्रमा आगामी पुस २१ गतेसम्म सञ्चालन हुने उपप्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

Sources: ratopati.com


Tagged: ,