भरतमोहनको पदचाप पछ्याउँदै उर्जामन्त्री टोपबहादुर

२२ मंसिर, काठमाडौं । लोडसेडिङ कम गराउने घोषणा गरेको सरकारले मुलुकमा जारी उर्जा संकटलाई अन्त्य गर्ने उद्देश्यले सरकारले आगामी तीन हप्ताभित्रै उर्जा संकटकाल घोषणा गर्ने तयारी गरेको छ । खाना पकाउने ग्यासको हाहाकार भइरहेका बेला यतिबेला राजधानीमा तीन/चार दिनसम्म बत्ती नआउने र आएको बत्तीमा पनि राइस कुकर बाल्न नसकिने स्थिति आइसकेको छ ।
LoadShedingप्रधानमन्त्री केपी ओलीले कात्तिक २७ गते राष्ट्रका नाममा गरेको सम्बोधनमा एक वर्षभित्रै लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका थिए । त्यसैगरी अर्थमन्त्री विष्णु पौडेलले मंसिर ८ गते सार्वजानिक गरेको सरकारको श्वेतपत्रमा उर्जा संकटकाल घोषणा गरी विद्युत आयोजनाहरुलाई तीब्रताका साथ अघि बढाइने घोषणा गरेका थिए । सोही अनुसार उर्जा मन्त्रालयले गृहकार्य गरिरहेको मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थले अनलाइनखबरलाई बताए ।
भारतले अघोषित नाकाबन्दी गरेसँगै इन्धनका सबै स्रोतमा संकट उत्पन्न भएपछि सरकारले संकटकाल घोषणा गरी समस्या समाधानको उपाय खोज्ने कार्यलाई तीब्र बनाएको हो । ऊर्जा मन्त्रालयले सरोकार भएका पक्षसँग गरेको छलफल र आवश्यक परामर्शका आधारमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार गरिरहेको पन्थले जानकारी दिए ।
उर्जा संकटकाल घोषणा गर्नुअघि विधेयक आवश्यक रहेकाले उर्जा सचिव सुमन शर्माको नेतृत्वमा कार्यदल गठनको प्रक्रिया अन्तिम चरणमा छ । कार्यदलमा सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरु पनि रहने छन् ।
उर्जा मन्त्रालयले तयार पारेको कार्यदलसम्बन्धी मस्यौदामा सहसचिवको नेतृत्वमा कार्यदल गठन गर्ने उल्लेख भए पनि त्यो प्रभावकारी नहुने निष्कर्श निकाल्दै सचिवको संयोजकत्वमा कार्यदल गठन गर्न लागिएको हो ।
नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रले निर्माण गरिरहेका विद्युत् आयोजनाबाट आगामी ६ महिनाभित्र २ सय मेगावाट विद्युत् उत्पादन हुन सक्ने सरकारको विश्वास छ । तर, विगतमा पनि सरकारले ऊर्जा सङ्कटकाल घोषणा गरे पनि योजनाको अभावमा काम अगाडि बढ्न नसक्दा देखिने गरीको प्रगति हुन सकेको थिएन । तर, विगतबाट पाठ सिक्दै यसपटक भने प्रगति देखाएरै छाड्ने उर्जा मन्त्तालयका अधिकारी दाबी गर्छन् ।
Sources:onlinekhabar.com